पारामाउन्ट मोटर्सले आइतबार काठमाडौंमा २ वटा नयाँ गाडी सार्वजनिक गरेको छ।
एमजी ४ र कमेट विद्युतीय गाडी एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो।

सार्वजनिक भएकामध्ये कमेट इभीफ १७.३ किलोवाट क्षमताको ब्याट्री रहेको छ। भारतमा बनेको कमेटले २३० रेञ्ज दिन्छ।
फिचर्सहरुमा एलइडी स्क्रिन, रिमोट सेन्ट्रल लकिङ, म्यानुअल एसि लगायत रहेका छन्। एमजी कमेट इभी प्ले र पेसगरी २ वटा भेरियन्टमा उपलब्ध रहेका छन्।
एमजी कमेट इभीको मूल्य १७ लाख ९९ हजार रूपैयाँ तोकिएको छ।
एमजी ४ को मूल्य ४१ लाख ४९ हजार तोकिएको छ। यो गाडीमा ९९ र १५० किलोवाट मोटरमा उपलब्ध छ।
कम्पनीका अनुसार १५० किलोवाटको मूल्य ५८ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। एक पटकको चार्जमा यो गाडीले ४३५ किलोमिटरसम्मको रेञ्ज दिन्छ।
एमजी ४ इभी २०२३ को युके कार अफ द इयर हुनुकोसाथै युरोपमापनि सेफ्टीकोलागि ५ स्टार पाएको छ।
कम्फर्ट र लक्जरीगरी २ वटा भेरियन्टमा उपलब्ध छ। एमजी फोर इभीमा रियर ह्वील लेआउट राखिएको छ।
सुरक्षा फिचर्समा आइसोफिक्स, फ्रन्ट साइड एयरब्याग, टायर प्रेसर मनिटरिङ सिस्टम छन्। थप सुविधाकोरुपमा मोबाइल फोन ब्लुटुथ, ५ वटा ड्राइभिङ मोड रहेका छन्।
एमजीका दुवै इभीमा टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, रिभर्सिङ क्यामेरा र आवश्यक सेफ्टी फिचर्स रहेका छन्।
१८०० एमजीका गाडीमा १५०० विद्युतीय गाडी नेपाली सडकमा गुडिरहेका छन्। हालसम्म कम्पनीले ५० चार्जिङ स्टेशन स्थापना गरिसकेको छ।
आइतबार सार्वजनिक यी दुवै गाडीका लागि कम्पनीले हाइ भोल्टेज ब्याट्रीमा एक लाख ५० हजार किलोमिटरसम्म ८ वर्षे ग्यारेन्टी दिएको छ।
उता हाइ भोल्टेज कम्पोनेन्टमा ३ वर्ष वा १ लाख किलोमिटरसम्म वारेन्टी दिएको छ।
FEATURED NEWS

काठमाडौं । एमजि गाडीको लागि नेपालको आधिकारिक वितरक एवम आयातकर्ता पारामाउन्ट मोटर्सले नेपाली बजारमा एमजि कमेट इभि र एमजि ४ इभि सार्वजनिक गरेको छ ।

काठमाडौं । एमजि गाडीका लागि नेपालको आधिकारिक वितरक एवम् आयातकर्ता पारामाउन्ट मोटर्सले नेपाली बजारमा एमजि कमेट र एमजि ४ इभि सार्वजनिक गरेको छ । नेपाली बजारमा बढ्दो विद्युतीय सवारी साधनहरुको भीडमा यी दुई मोडल नयाँ नाम हुन् ।

काठमाडौं । पारामाउन्ट मोटर्सले नेपाली बजारमा ‘एमजी कमेट ईभी’ र ‘एमजी ४ ईभी’ सार्वजनिक गरेको छ । कम्पनीले आइतबार काठमाडौं एक कार्यक्रमको आयोजना गर्दै दुई मोडलका विद्युतीय सवारीसाधन सार्वजनिक गरेको हो ।

नेपाली अटो बजारमा केही समयदेखी चर्चा कमाउँदै आएका एमजी–४ र कमेट ईभीको मूल्य आज सार्वजनिक भएको छ । एमजी गाडीको नेपालका लागि आधिकारिक वितरक पारमाउन्ट मोटर्सले आइतवार एक कार्यक्रमको आयोजना गरी यी दुई ईभीको मूल्य सार्वजनिक गरेको हो ।

काठमाडौं । एमजी गाडीको लागि नेपालको आधिकारिक वितरक एवम आयातकर्ता पारामाउन्ट मोटर्सले नेपाली बजारमा एमजी कमेट इभी र एमजी४ इभी सार्वजनिक गरेको छ । नेपाली बजारमा बढ्दो विद्युतीय सवारी साधनहरूको भीडमा यी दुई मोडल नयाँँ नाम हुन् ।